News Portal

  • हिमालयन लघुवित्तको १४औँ वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ पुस, २०८२
    १० पटक
    २९ पुस, २०८२

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १४औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न १४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय अवस्थाको विवरण, ७ प्रतिशत लाभांश वितरण तथा संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

    साथै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा आगामी चार (४) वर्षको कार्यकालका लागि सुनिता आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

    सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तब्य राखेका थिए । संस्थाका अध्यक्ष बिजय मान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरे ।

    राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८१ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु. ५ अर्ब रहेको छ ।

    प्रतिकृया दिनुहोस्