Skip

News Portal

  • शिखर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२४ पुस, २०८२
    २५५ पटक
    २४ पुस, २०८२

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरूको आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेश गरेअनुसार कम्पनीले सो शेयर बिक्री गर्न लागेको हो ।

    कम्पनीले बिक्रीमा राखिएको शेयर संख्या र शेयरधनीबारे जानकारी खुलाएको छैन। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने भएकाले ईच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिखर इन्स्योरेन्सको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ।

    साथै कम्पनीले तोकिएको उक्त अवधिभित्र संस्थापशक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्