News Portal

  • एनआईसी एसिया बैंकको २ लाख कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

    आर्थीकसंसार संवाददाता२३ पुस, २०८२
    ३२८ पटक
    २३ पुस, २०८२

    काठमाडौं । एनआईसी एसिया बैंकको २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत आज पुस २३ गतेबाट बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छु जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्त १४० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    बोलपत्र माघ २ गतेसम्म पेस गर्न सकिनेछ।

    प्रतिकृया दिनुहोस्