आर्थीकसंसार संवाददाता१० पुस, २०८२
१० पुस, २०८२काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी इटहरी शाखामा कार्यरत अभिकर्ता गिता कार्कीले एमडीआरटी २०२६ को लक्ष्य पुरा गरेकी छन् । सो खुशीयालीमा अभिकर्ता कार्कीका अभिभावक अभिकर्ता ( अफ लाइन लिडर) मनोज थापा मगरले यामाहा रेजेड आर स्कुटी उपहार प्रदान गरेका छन् ।
आज पुस १० गते सिन भिलेज पार्टि प्यालेस (पथरी) मा एक सम्मान कार्यक्रम आयोजना गरी उक्त स्कुटी प्रदान गरिएको हो । उनलाई सो कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले स्कुटीको चावी हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा एमडीआरटी छनौट हुन सफल अभिकर्ता गिता कार्कीले काम गर्दाताकाको अनुभव प्रदान गरिन् ।


