News Portal

  • सुर्योदय वोमी लघुवित्तका शेयरधनीको हात खाली

    आर्थीकसंसार संवाददाता४ पुस, २०८२
    २१ पटक
    ४ पुस, २०८२

    काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको पुस ३ गते बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०८१/०८२ को को लागि कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो ।

    सोही बैठकले २०८२ आषाढ मसान्तको वासलात,आर्थिक वर्ष २०८१/ ०८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

    साथै, आर्थिक वर्ष २०८१ /०८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी वार्षिक साधारण सभा गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्