News Portal

  • विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र बैंकको सुझाव

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०८२
    २८६ पटक
    २३ मंसिर, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन सुझाव दिएको छ।

    केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। राष्ट्र बैंकबाट जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड (एटीएम कार्ड), क्रेडिट कार्ड, प्रिपेड कार्डजस्ता विद्युतीय कार्ड जारी गर्दा आवेदन फारामसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख छ।

    यसका साथै विद्युतीय कार्डसम्बन्धी सेवा लिनुपूर्व ग्राहकले त्यसबापत लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाजस्ता विषयमा आवश्यक जानकारी लिन पनि केन्द्रीय बैंकले सुझाव दिएको छ। ‘क्रेडिट कार्डको सन्दर्भमा त्यस्ता कार्ड प्रयोग गरी उपयोग गरिएको रकममा लाग्ने ब्याजसम्बन्धी व्यवस्थालगायतका विषयमा आवयश्यक जानकारी लिन पनि राष्ट्र बैंकले सुझाएको छ।

    प्रतिकृया दिनुहोस्