News Portal

  • यूनाइटेड अजोड इन्स्योरेन्सको कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तर्क्रिया सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ मंसिर, २०८२
    ८ पटक
    १७ मंसिर, २०८२

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्क्षी तथा जडिबुटी सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको पैयू गाउँपालिकामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको अधक्ष्यतामा सम्पन्न भएको हो ।

    कार्यक्रममा गण्डकी प्रदेश प्रमुखले निर्जीवन बीमासँगै कृषि पशुपन्क्षी तथा जडिबुटी बीमा सम्बन्धी जानकारी दिएका थिए । उक्त गाउँपालिकाको उपाध्यक्ष याम कुमारी रानाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन युनाइटेड अजोड इन्स्योरेन्स पर्वतका शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । सो कार्यक्रममा पैयू गाउपालिकाका करिब ७० कृषकहरुको उपस्थिति थियो ।

    सोही कार्यक्रममा पशु बीमा गरेका कृषकलाई खादा ओडाएर पोलिसी हातैमा दिएर सम्मान गरिएको थियो । आफुले पोलिसी किन्दा कम्पनीले सम्मान गरेको देख्दा कृषहरु खुशी हुँदै कम्पनी प्रति आभार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्