आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०८२
२३ कार्तिक, २०८२काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न भएको छ । बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू र उच्च व्यवस्थापकहरूको उपस्थितिमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले प्रोभियन्स क्लब हासिल गरेका अभिकर्ताहरूलाई बधाई दिए ।
साथै बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदानसमेत गरिएको थियो ।




