News Portal

  • नेप्सेमा दरमखोला हाइड्रो इनर्जीको आईपीओ सूचीकृत

    आर्थीकसंसार संवाददाता१९ कार्तिक, २०८२
    ९ पटक
    १९ कार्तिक, २०८२

    काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडका साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

    १०० रुपैयाँ अंकित मूल्यका यी सेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३ प्रतिशत) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) कम्पनीका संस्थापक लगानीकर्ताहरूको स्वामित्वमा रहेको नेप्सेले जनाएको छ ।

    लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा काम गरेको थियो । नेप्सेले कार्तिक १६ गतेको निर्णयअनुसार सूचीकरण प्रक्रिया सम्पन्न गरी  कार्तिक १९ गते औपचारिक रूपमा सूचना प्रकाशित गरेको हो ।

    दरमखोला हाइड्रोका सेयरहरू दोस्रो बजारमा आगामी कार्तिक २० गते बाट कारोबार हुन सुरु गर्नेछन् । कम्पनीको प्रधान कार्यालय बागलुङको गाल्कोटमा रहेको छ भने सेयरधनी अभिलेख सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंले प्रदान गर्नेछ ।

    प्रतिकृया दिनुहोस्