News Portal

  • सूर्य नेपालको ८ लाख कित्ता सेयर नष्ट, ब्रिटिस अमेरिकन टोबाकोद्वारा नयाँ सेयर माग

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०८२
    १० पटक
    ९ कार्तिक, २०८२

    काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडको ८ लाख ६ हजार ४ सय कित्ता सेयर नष्ट भएको एक सेयरधनीले दावी गरेका छन् । कम्पनीका अनुसार बेलायतको लण्डनस्थित ब्रिटिस अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) लिमिटेडबाट जारी सेयर प्रमाणपत्र नष्ट भएको हो ।

    ब्रिटिश अमेरिकन टोबाको (इन्भेस्टमेन्ट्स) लिमिटेडले सेयर कित्ता नम्बर ३८९७६०४९ देखि ३९७८२४४८ सम्मका  ८ लाख ६ हजार ४ सय कित्ता सेयर नष्ट भएको दावीसहित नयाँ सेयर माग दावी गरेको छ । उक्त सेयर प्रमाणपत्र कसरी नष्ट भएको भन्ने विषयमा कम्पनी स्पष्ट पारेको छैन ।

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अदालतसहित देशभरका सरकारी कार्यालयहरू तथा निजी कम्पनीका  महत्वपूर्ण कागजातहरू हराएका वा जलेका समयमा ब्रिटिश अमेरिकन टोबाको नयाँ दावी परेको हो ।

    ब्रिटिस अमेरिकन टोबाकोले सेयर प्रमाणपत्र नष्ट भएको दावीसहित नयाँ सेयर प्रमाणपत्र माग गरेको र माग अनुसार नयाँ सेयर प्रमाणपत्र जारी गर्न लागिएको सूर्य नेपालले जनाएको छ ।

    नयाँ सेयर प्रमाणपत्र जारी गर्न नमिल्ने भए त्यसको कारणसहित ७ दिन भित्र निवेदन पेस गर्न पनि सूर्य नेपालले अपिल गरेको छ ।  निवेदन काठमाडौं महानगरपालिका-१ स्थित सूर्य नेपालको कार्यालयमा लिखित रूपमा पेश गर्न कम्पनी सचिवले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्