News Portal

  • नबिल इन्भेष्टमेन्ट बैंकिङको सोह्रौँ बार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ असोज, २०८२
    २१४ पटक
    २४ असोज, २०८२

    काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडले आज असोज २४ गते सोह्रौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीक अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्यहरु, शेयरधनी महानुभावहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

    कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउँने रु. ८,१०,००,००० (अक्षेरुपी आठ करोड दश लाख रुपैयाँ मात्र) बरावरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने रु. ४२,६३,१५७.८९ प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्