News Portal

  • बाढीपहिरोको क्षतिबारे जानकारी दिन बीमितलाई बीमक संघको आग्रह

    आर्थीकसंसार संवाददाता२२ असोज, २०८२
    १७० पटक
    २२ असोज, २०८२

    काठमाडौं । निर्जीवन बीमकहरुको छाता संगठन नेपाल बीमक संघले बाढीपहिरोले पुर्याएको क्षतिको जानकारी बीमितहरुलाई आग्रह गरेको छ।

    संघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। असोज १७ गतेदेखि १९ गतेसम्मको अविरल वर्षाका कारण सिर्जित बाढी तथा पहिरोले पुर्याएको क्षतिको जानकारी सबै बीमित र ग्राहकलाई आआफ्नो कम्पनीमा सम्पर्क गरी सहयोग गर्न संघले आग्रह गरेको छ।

    यस विषयमा थप जानकारी तथा समन्वय आवश्यक भएमा बीमक संघको सचिवालयकी सम्पर्क व्यक्ति कल्पना निरौलालाई ९८४३४३८३७२ मा सम्पर्क सकिने विज्ञप्तिमा उल्लेख छ।

    यसका साथै बाढीपहिरोले पुर्याएको क्षतिलगायत व्यक्तिगत तथा सार्वजनिक धनसम्पत्तिमा भएको क्षतिप्रति संघले गहिरो दुःख व्यक्ति गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    प्रतिकृया दिनुहोस्