News Portal

  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

    आर्थीकसंसार संवाददाता११ असोज, २०८२
    १५७ पटक
    ११ असोज, २०८२

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षा मा सहभागी १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९,६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन् ।

    परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । यस पूरक परीक्षामा भाग लिन पाउने विद्यार्थीहरू ती हुन् जो गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन–ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित रहेका थिए ।

    प्रतिकृया दिनुहोस्