Skip

News Portal

  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी खरिदमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१० असोज, २०८२
    ४० पटक
    १० असोज, २०८२

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो कर्मचारी र ग्राहकलाई लक्षित गर्दै नयाँ सुविधा सुरू गरेको छ। बैंकले Hyundai गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने व्यवस्था मिलाएपछि यसलाई संस्थाको तर्फबाट ‘राम्रो कामको शुरुवात’ मानिएको छ।

    नेपाल बैंक र Hyundai गाडीका आधिकारिक विक्रेता Laxmi Intercontinental Pvt. Ltd. बीच बिहीबार सम्झौता भएको हो। सम्झौताअनुसार, नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले गाडी खरिद गर्दा कम्पनीले दिने नियमित छुटबाहेक थप रु. ५० हजारदेखि ८१ हजारसम्म छुट पाउनेछन्। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र Laxmi Intercontinental Pvt. Ltd. का महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन्।

    नेपाल बैंकले कर्मचारी र ग्राहकको हितलाई ध्यानमा राखी गरिएको यो समझदारीलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरेको छ। बैंकका अनुसार, यस किसिमका सहकार्यहरूले कर्मचारी र ग्राहकप्रतिको सम्बन्ध अझ मजबुत हुनेछन्।

    प्रतिकृया दिनुहोस्