News Portal

  • अर्थमन्त्रीलाई सुझावः ‘धितोपत्र बोर्डको संस्थागत स्वायत्तता सुनिश्चित गर्न आवश्यक’

    आर्थीकसंसार संवाददाता६ असोज, २०८२
    ११६ पटक
    ६ असोज, २०८२

    काठमाडौं । शेयर लगानीकर्ताहरुका छाता संगठनले सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर नेपाल धितोपत्र बोर्डको संस्थागत स्वायत्तता सुनिश्चित गर्न सुझाव दिएका छन्।

    शेयर लगानीकर्ताका छाता संगठनहरु शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका नेता तथा प्रतिनिधिले अर्थ मन्त्रालय पुगेर संयुक्त रुपमा ७ बुँदे ज्ञापनपत्र बुझाउँदै अर्थमन्त्री खनाललाई यस्तो सुझाव दिएका हुन्। ‘नेपालको पुँजीबजारलाई दिगो र पारदर्शी बनाउन धितोपत्र बोर्डको संस्थागत स्वायत्तता सुनिश्चितता गर्न आवश्यक छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यसका लागि धितोपत्र बोर्डलाई बजेटीय, प्रशासनिक र नीतिगत निर्णयमा स्वतन्त्रता दिनु, विशेषज्ञ कर्मचारी नियुक्त गर्न सक्षम बनाउनु र बजारमा अनियमितता नियन्त्रणका लागि स्वतन्त्र निगरानी तथा प्रवर्तन अधिकारी प्रदान गर्नु जरुरी छ।’

    यसैगरी डिजिटल वित्तीय उपकरण नियमन, लगानीकर्ताको सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका लागि धितोपत्र बोर्डलाई पर्याप्त साधन र अधिकार उपलब्ध गराउनुपर्ने लगानीकर्ताको माग छ। ‘यसले धितोपत्र बोर्डलाई सक्षम, आत्मनिर्भर र आधुनिक अभिभावकीय नियामक संस्थाका रुपमा विकास गर्न सहयोग पुर्याउनेछ’, ज्ञापनपत्रमा भनिएको छ।

    प्रतिकृया दिनुहोस्