
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले २०७४ असोज ६ गते सामाजिक सेवा दिवसको अवसरमा कारोबार प्रारम्भ गरेको थियो ।
हाल कम्पनीले देशभर १४६ कार्यालय, ३६२ कर्मचारी र ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गरिरहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ।
यस्तै, कम्पनीको जगेडा कोषमा २ अर्ब २३ करोड २४ लाख ९ हजार ८०१ रुपैयाँ र जीवन बीमाकोषमा १० अर्ब १० करोड ८७ लाख ८१ हजार ५४५ रुपैयाँ रहेको जानकारी दिएको छ । कम्पनीको नेटवर्थ रकम १५४.३५ रुपैयाँ पुगेको छ, जसका कारण जोखिम धारण गर्ने क्षमतामा निरन्तर वृद्धि भएको कम्पनीले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले नियामक निकाय, सेवाग्राही, अभिकर्ता र सरोकारवालाप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।