News Portal

  • बीमा दावी सहजीकरणका लागि नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी

    आर्थीकसंसार संवाददाता१ असोज, २०८२
    ३९४ पटक
    १ असोज, २०८२

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनबाट भएको आगजनी र तोडफोडको क्षतिको छिटो र सहज तरिकाले दाबी होस् भनी कर्मचारी नियुक्त गरेको छ ।

    कम्पनीले एक सूचना जारी गरेर आन्दोलनको क्रमममा आगजनी तथा तोडफोड भई व्यापार, व्यवसाय, सवारीसाधन, मानवीय क्षति तथा अन्य सम्पत्तिको नोक्सानी भएको बताउँदै दाबी सकजीकरणको लागि कर्मचारी तोकिएको जनाएको हो ।

    कम्पनीका अनुसार बागमती प्रदेश र केन्द्रीय कार्यालयका लागि वीरन सिंह गडतौला, कोशी प्रदेशका लागि सरोज पोखरेल, मधेश प्रदेशका लागि सुरज कुमार भट्टराई, गण्डकी प्रदेशका लागि धिरज थापा, लुम्बिनी प्रदेशका लागि रमेश बहादुर थापा, सुदूरपश्चिम प्रदेशका लागि भरत बहादुर रावल र कर्णाली प्रदेशका लागि रमेशराज शर्मालाई नियुक्त गरिएको छ ।

    ग्राहकहरूले दावीसम्बन्धी जानकारी र सहयोगका लागि इमेलमार्फत पनि सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्