News Portal

  • जेनजी प्रदशर्नले क्षतिग्रस्त बैंकका शाखा अवलोकन गर्न पुगे गभर्नर पौडेल

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८२
    १७ पटक
    २९ भदौ, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले क्षतिग्रस्त बैंकका शाखाको अवलोकन गरेका छन् । जेनजी आन्दोलनकर्ताहरुले क्षति गरेका बैंकका शाखामा पुगेर गभर्नर पौडेलले स्थलगत अवलोकन गरेका हुन् ।

    जेनजी आन्दोलनकर्ताहरुले भदौ २४ गते राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड र आगजनी गरेका थिए । बैंकमा तोडफोड र आगजनीसँगै नगद रकम समेत लुटपाट गरेको बैंकले जनाएको छ ।

    आइतबार गभर्नर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले अवलोकन गरेको राष्ट्र बैंकले जनाएको छ । नयाँ बानेश्वर शाखाको अवलोकन गरी त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारी लिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्रिय वाणिज्य बैंकका सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बानेश्वर शाखामा नगद पनि चोरी भएको छ । कति रकम चोरी भएको छ त्यो संकलन भइरहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्