News Portal

  • सेञ्चुरी कमर्सियल बैंकको दुईवटा मास्कोट सार्वजनिक

    आर्थीकसंसार संवाददाता२४ पौष, २०७७
    ७८५ पटक
    २४ पौष, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक गरेको छ ।
    यसपश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रक्रियाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।
    सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझै मद्दत पुग्ने विश्वास लिइएको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
    अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np  तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

    प्रतिकृया दिनुहोस्