News Portal

  • समृद्धि फाइनान्स इटहरी शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८२
    २४८ पटक
    २० भदौ, २०८२

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ईटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । ईटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो ।

    उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको प्रगति विवरण सार्वजनिक गर्दै हालसम्मको उपलब्धिहरू प्रस्तुत गर्यो। शाखा प्रमुखले ग्राहकहरूको साथ र विश्वासकै कारण शाखाले निरन्तर प्रगति हासिल गरेको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    कार्यक्रममा सहभागी ग्राहकहरू र स्थानीय व्यक्तिहरूलाई आभार व्यक्त गर्दै, समृद्धि फाइनान्सले आगामी दिनमा अझ उत्कृष्ट सेवा र सहकार्यको अपेक्षा राखेको जनाएको छ। समृद्धि फाइनान्सको यो सफल यात्रा र आगामी योजनाहरूले वित्तीय सेवाको क्षेत्रमा अझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्