२१ साउन, २०८२काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको सुबिधालाई मध्येनज़र गर्दै भिडियो केवाइसी सेवा सार्वजनिक गरेको छ । डिजिटल क्षेत्रमा ग्राहक वर्गलाई सहज बैंकिंगको सुबिधाको साथै ग्राहकको समय बचत गराउने उधेश्यले भिडियो केवाइसी सोलुसनको सुरुवात गरिएको हो ।
मन्जुश्री इनोभेसन तथा डिजिटल एडप्सनको क्षेत्रमा अव्वल स्थानमा आफ्नो पहिचान बनाउदै गरेको फाइनान्स कम्पनी हो । टिच सभ्य ग्राहक तथा बिदेशमा रहेका नेपालीहरुलाई मध्येनज़र गर्दै फाइनान्सले सो सुबिधाको सुरुवात गरेको हो ्र अब खाता अपडेट गर्नको लागि बैंकको शाखा पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि सो सुबिधाको सुरुवात भएको हो ।
फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।




