आर्थीकसंसार संवाददाता१७ साउन, २०८२
१७ साउन, २०८२काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा साउन २० गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ४२ प्रतिशत हकप्रद शेयरमा आवेदन दिन अब ३ दिन बाँकी रहेको छ ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।




