News Portal

  • सानिमा रिलायन्सको स्टार एजेन्सी मिट सम्पन्न, उत्कृष्ट स्टार एजेन्सीलाई सम्मान

    आर्थीकसंसार संवाददाता१२ साउन, २०८२
    २१ पटक
    १२ साउन, २०८२

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूका लागि विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय  प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सम्पन्न  गरेको हो ।

    बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बिमाशुल्क सङ्कलन, बिमालेख सङ्ख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।

    कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बिमा व्यवसायमा बिमा सल्लाहकारहरूको महत्त्व र  अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुर्याउनु पर्ने बताए ।

    साथै कम्पनीले आव २०८१/८२ मा रु ७०० करोडको बिमाशुल्क सङ्कलन गर्न सफल भएकोमा  सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन पनि  गरे।  कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले बोल्दै अभिकर्ताहरूलाई आवश्यक सिप र कलाको बारेमा प्रस्ट परेका थिए ।

    कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र  शाखा प्रमुख सहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

    त्यस्तै कौशलटार रिजनका उत्कृष्ट एजेन्सी म्यानेजर नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ्ग, बनेपा रिजनका नारायण बहादुर गुरुङ्ग र पाटन रिजनका योगेन्द्र महर्जनले आफूहरू उत्कृष्ट १ मा पर्न गरेको  मेहनतको चर्चा गर्दै यस वर्ष पनि उक्त पदलाई यथावत राख्ने लक्ष्य रहेको र त्यसै अनुरुप योजनासहित काममा परिचालित भएको बताए ।

    कार्यक्रम ज्ञानबर्द्धक बनाउनको लागि नेपालका प्रख्यात स्पिकर सुदिप बस्नेतलाई  आमन्त्रित गरिएको थियो ।  उनले बिक्री कलाको लागि अति उपयोगी बानीको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्