News Portal

  • प्रभु महालक्ष्मी लाइफद्वारा बेटर नेपाललाई ५ लाख रुपैयाँ सहयोग

    आर्थीकसंसार संवाददाता३२ असार, २०८२
    १३४ पटक
    ३२ असार, २०८२

    काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षमा २०८१।८२ मा १ अर्ब ७५ करोड रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ।

    इन्स्योरेन्सका अनुसार, परम्परागत बीमालेखसँगै वैदेशिक रोजगारी बीमालेखको बिक्रीबाट यो रकम संकलन भएको हो।

    इन्स्योरेन्सले प्रथम बीमाशुल्क आम्दानीमा गत आर्थिक वर्ष २०८०।८१ को तुलनामा ६२ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ। संभवत वृद्धि दरका हिसाबले यो जीवन बीमा कम्पनीहरूमध्ये सर्वाधिक वृद्धि हो।

    गत आर्थिक वर्ष २०८०।८१ मा इन्स्योरेन्सले बीमालेख बिक्रीबाट १ अर्ब ८ करोड रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो।

    प्रभु लाईफ र महालक्ष्मी लाईफबीच मर्जरपछि शुरूवाती समयमा व्यवसाय वृद्धिमा सुस्त देखिएकोमा अहिले यो कम्पनीले आक्रामकरूपमा व्यापार वृद्धि गरिरहेको छ।

    इन्स्योरेन्सले गत आवमा ४ अर्ब ३७ करोड २३ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

    प्रतिकृया दिनुहोस्