News Portal

  • नेपाल लाइफले एक वर्षमै आर्जन गर्‍यो १० अर्ब प्रथम बिमाशुल्क

    आर्थीकसंसार संवाददाता३२ असार, २०८२
    १६ पटक
    ३२ असार, २०८२

    काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स एक आर्थिक वर्षमा नै १० अर्ब रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले स्थापनाको २५ औं वर्षमा आइपुग्दा एक आर्थिक वर्षमा नै १० अर्ब रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको हो ।

    सञ्चालक समिति, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीह, सेयरधनीहरु, नियामक निकायको लगायतको मागर्दन र साथ सहयोगले नै कम्पनीले उक्त उपलब्धी हासिल गरेको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताए ।

    नेपाल लाइफले हासिल गरेको यो उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा बीमा बजारको विकासमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा कम्पनी विश्वसत रहेको जनाएको छ । नेपालको बिमा बजार करिब ८ खर्बको पुगेको छ । जसमध्ये वासलताको आधारमा सबैभन्दा ठुला बिमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्यारेन्स देखिएको छ ।

    कम्पनी प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने कुमा प्रतिवद्ध रहेको प्रमुख कायाृकारी अधिकृत पराजुलीले बताए ।

    कम्पनीले कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

    प्रतिकृया दिनुहोस्