News Portal

  • रिलायबल नेपाल लाइफको सीईओमा पुनः दोहोरिए नारायण लोहनी

    आर्थीकसंसार संवाददाता२२ असार, २०८२
    १८९ पटक
    २२ असार, २०८२

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नारायणबाबु लोहनी दोहोरिएका छन्।

    कम्पनी सञ्चालक समितिको असार १९ गते बसेको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। लोहनीको नियुक्ति साउन १८ गतेबाट लागू हुनेछ। उनको कार्यकाल ४ वर्षको हुनेछ।

    यसअघि रिलायबल नेपाल लाइफमा २०७८ सालमा लोहनी थप एक कार्यकालका लागि सीईओ पुनः नियुक्त भएका थिए। उनको कार्यकाल आउँदो साउन १७ गतेबाट सकिँदैछ।

    लोहनी कम्पनीको स्थापनाकालदेखि नै सीईओको भूमिकामा छन्। सिभिल इन्जिनियर लोहनीले व्यस्थापनमा स्नातकोत्तर गरेका छन् । रिलायबल आउनुअघि उनले बैंक तथा वित्तीय संस्थामा मात्रै एक दशकभन्दा लामो समय बिताएका थिए।

    प्रतिकृया दिनुहोस्