News Portal

  • सूर्यज्योति लाइफको व्यतित बीमालेख पुनर्जागरण गर्दा ५०% सम्म ब्याज छुट

    आर्थीकसंसार संवाददाता१५ असार, २०८२
    १२९ पटक
    १५ असार, २०८२

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ। कम्पनी एक सूचना जारी गर्दै व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट सुविधा ल्याइएको जानकारी गराएको हो। यो ५० प्रतिशत छुट सुविधा व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई प्रदान गरिने भने भने व्यतित मितिबाट ५ वर्ष नाघेकालाई ३५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ।

    यो छुट सुविधा आज असार १५ गतेबाट असार १८ गतेसम्म पाइने कम्पनीले स्पष्ट पारेको छ। जीवन बीमा कम्पनीहरुले यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिन्छ। २०८३ असार १५ गतेसम्म परिपक्व हुने बीमालेखहरुमा यो छुट लागू हुने छैन।

    त्यस्तै यस छुट योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्