आर्थीकसंसार संवाददाता१० असार, २०८२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बै.कले सो शेयर बिक्री गर्न लागेको हो ।
बैंकका संस्थापक शेयरधनी ओसिन बतासको नाममा रहेको २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङको नाममा रहेको २५ हजार ७५९ कित्ता र बलराम श्रोष्ठको नाममा रहेको ६४ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।