आर्थीकसंसार संवाददाता९ असार, २०८२

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यही असार २२ गतेदेखि २४ गतेसम्म सो तालिम सञ्चालन गर्न लागेको हो ।
तालिम लिन इच्छुकले नजिकैको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी सहभागि हुन सक्नेछन् । तालिममा सहभागी हुनका लागि असार १८ गतेसम्म निवेदन पेश गर्नुपर्नेछ । तालिम शुल्क भने ५ सय रुपैयाँ लाग्नेछ ।
तालिममा सहभागि हुनका लागि नेपाली नागरिकताको प्रतिलिपि, प्लसटू वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि पेश गर्नु पर्ने कम्पनीको भनाई छ।