News Portal

  • कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    आर्थीकसंसार संवाददाता२ असार, २०८२
    २३२ पटक
    २ असार, २०८२

    काठमाडौं । कुमारी बैंक लिमिटेडको ७ हजार ८८१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला भएको छ । पहिलो प्राथमिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीमा राखेको थियो । सो अवधिभर सो शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्री खुला गरेको हो।

    सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

    प्रतिकृया दिनुहोस्