News Portal

  • नवनियुक्त गभर्नर पौडेललाई परिसंघको बधाई तथा शुभकामना

    आर्थीकसंसार संवाददाता२ असार, २०८२
    ४७ पटक
    २ असार, २०८२

    काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो ।

    सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या समाधानमा राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरे । उनले समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्नुहुँदै कसरी अर्थतन्त्रलाई चलायमान बनाउने, बैंकका रहेको लगानी योग्य रकमको परिचालन कसरी बढाउन सकिन्छलगायतका विषयमा सुझाव दिए ।

    सो अवसरमा नवनियुक्त गभर्नर पौडेलले परिसंघका नीतिगत सुझावहरुको सरहाना गर्दै बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको बताए ।

    बधाई तथा छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु हेम राज ढकाल, अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्