News Portal

  • कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    आर्थीकसंसार संवाददाता१ असार, २०८२
    २५ पटक
    १ असार, २०८२

    काठमाडौं । कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।

    बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको थियो। तर, संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि कुनै निवेदन नपरेको बैंकले जनाएको छ।

    अब इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय र नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

    यो शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्