News Portal

  • सानिमा रिलायन्स लाइफको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    आर्थीकसंसार संवाददाता३० जेठ, २०८२
    २२२ पटक
    ३० जेठ, २०८२

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । कम्पनीले यस अघि कम्पनीका संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको शेयर संस्थाका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएपछि कम्पनीले सो शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

    सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले असार १४ गतेभित्र आवश्यक कागजात सहित काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ।

    प्रतिकृया दिनुहोस्