News Portal

  • नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

    आर्थीकसंसार संवाददाता२१ जेठ, २०८२
    १२ पटक
    २१ जेठ, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई संस्थाको प्रवक्ताको रूपमा नियुक्त गरेको छ । राष्ट्र बैंकको हालैको निर्णयअनुसार पण्डित अब बैंकको आधिकारिक सूचना सम्प्रेषण तथा सार्वजनिक संचार व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् ।

    पण्डितले आर्थिक, मौद्रिक र वित्तीय नीति तथा राष्ट्र बैंकका गतिविधिबारे सञ्चार माध्यमलाई समयमै सूचना उपलब्ध गराउने दायित्व निर्वाह गर्नेछन् । राष्ट्र बैंकका अनुसार प्रवक्ताको रूपमा उनको कार्यकाल बुधबारदेखि औपचारिक रूपमा सुरु भएको हो ।

    पण्डितको कार्यकालमा बैंकको सूचना प्रवाह थप पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्