News Portal

  • नेपाल बुद्धिजीवी परिषद्‍को अध्यक्षमा गजेन्द्र थपलिया निर्वाचित

    आर्थीकसंसार संवाददाता२० जेठ, २०८२
    २३ पटक
    २० जेठ, २०८२

    काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित भएका छन् । ११ औं राष्ट्रिय अधिवेशनमा थपलिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

    अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डा. दीपेन्द्र भण्डारीले १०४ मत ल्याए ।

    उपाध्यक्षमा गोविन्द शाही १५३ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी विपीनकुमार चित्रकारले १०२ मत पाए ।

    सचिव पदमा डा. अर्जुनकुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा. ईश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए ।

    थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन भएको थियो ।

    थपलियाले निर्वाचनपछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताए ।

    नेपाल बुद्धिजीवी परिषद् नेकपा एमालेनिकट संस्था हो ।

    प्रतिकृया दिनुहोस्