News Portal

  • हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८२
    ११६ पटक
    १४ जेठ, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकबाट उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरणा गर्ने प्रस्ताव गरेको छ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधरणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्