News Portal

  • नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५०% छुट पाउने म्याद थप

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८२
    २०२ पटक
    १४ जेठ, २०८२

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट पाउने म्याद थप गरिएको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै छुट पाउने म्याद थप गरिएको जानकारी गराएको हो। अब बीमितले १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखमा आउँदो असार ५ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। यसअघि कम्पनीले चैत १५ गतेदेखि जेठ १३ गतेसम्म यो छुट सुविधा पाउने व्यवस्था गरेको थियो।

    यस योजनामा समावेश भएका बीमालेख पुनर्जागरण मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ। एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितलाई पूरा बीमा अवधिभर पुनः छुट नदिइने कम्पनीले स्पष्ट पारेको छ।

    यो छुट सुविधा पाउन बीमालेख १८० दिनभन्दा बढी समय व्यतित भएको हुनुपर्नेछ।

    प्रतिकृया दिनुहोस्