News Portal

  • कर्जा नीतिमा सुधार गर्छु : नवनियुक्त गभर्नर पौडेल

    आर्थीकसंसार संवाददाता७ जेठ, २०८२
    ११ पटक
    ७ जेठ, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफूले काम अघि बढाउने बताएका छन् । डा. पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका हुन् ।

    वालुवाटारस्थित राष्ट्र बैङ्कको कार्यालयमा बुधबार पदभार गर्नुहुँदै उनले आगामी दिनमा राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने स्पष्ट पारे । “वित्त नीतिबाट जे कुराहरु तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ”, उनले भने, “नियमन र सुपरीवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ ।”

    बैंक तथा वित्तीय संस्थामा रहेको नागरिको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राखिने गर्भनर पौडेलले बताएका छन् ।

    नेपाल राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने भन्दै गर्भनर पौडेलले “नीति निर्माण भनेको संवादमा आधारित हुनुपर्छ । म आफैँ मात्र कुनै प्रस्ताव ल्याएर यसै गरौँ भन्ने पक्षमा छैन । सबै सरोकारवाला निकायहरुसँग छलफल गरेर जान्छौँ”, भने ।

    त्यस्तै, नागरिको निक्षेपलाई राष्ट्र बैंकले सदैव सुरक्षा गर्दछ भन्दै नवनियुक्त गभर्नर डा पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टको राजीनामा स्वीकृतको विषय राष्ट्र बैंकको आन्तरिक मामिला भएकोले यसमा धेरै चिन्ता गर्नुनपर्ने धारणा समेत व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्