News Portal

  • स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१ जेठ, २०८२
    २२७ पटक
    १ जेठ, २०८२

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थाकै संस्थापक शेयरधनीहरूका लागि बिक्री गर्ने गरी शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयरको प्रतिकित्ता मूल्य ४२५ रूपैयाँ निर्धारण गरिएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरण खुलाएर काठमाडौंको कमलपोखरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    संस्थाले तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट सो शेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्