News Portal

  • लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताका विजेतालाई ५० हजार पुरस्कार

    आर्थीकसंसार संवाददाता१३ पौष, २०७७
    ५८४ पटक
    १३ पौष, २०७७

    काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानन्तर्गत डिजिटल बैकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल भिडियो भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।
    यस प्रतियोगिताअन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरी विजयी सहभागीलाई ५० हजारसम्मको नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
    यस एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र भाइबर बैकिङ्गजस्ता डिजिटल विकल्पहरुलाई अप्नाउने रुचिको अभिवृद्धि गर्ने प्रयास गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्