News Portal

  • समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता३० बैशाख, २०८२
    २४३ पटक
    ३० बैशाख, २०८२

    काठमाडौं । समृद्धि फाइनान्सको ११ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको ११ लाख ३५ हजार १६१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले यो अवधिभित्र कम्पनीको कार्यालयमा निवेदन दिन सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्