News Portal

  • सानिमा रिलायन्सले बाजुराका १४७ जना विद्यार्थीलाई वितरण गर्‍यो झोला

    आर्थीकसंसार संवाददाता३० बैशाख, २०८२
    १३ पटक
    ३० बैशाख, २०८२

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराको बजेडी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ ।

    वैशाख २४ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा ईसिडी देखि कक्षा ८ सम्म अध्ययनरत १४७ विद्यार्थीहरूलाई झोला हस्तान्तरण गरिएको हो । दुर्गम तथा अति पिछडिएको क्षेत्रका विद्यार्थीहरूलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त पहल गरेको जनाएको छ ।

    सानिमा रिलायन्सले भविष्यमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापन जस्ता सामाजिक क्षेत्रमा योगदान पुर्याउने योजना बनाएको छ । कम्पनीले नाफामुखी व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको बताएको छ ।

    देशभर १६९ शाखा सञ्जाल विस्तार गरिसकेको सानिमा रिलायन्सको ५ अर्बभन्दा बढी पूँजी, २० अर्बभन्दा बढीको लगानी, र २० हजारभन्दा बढी अभिकर्ताहरू कार्यरत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्