News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीको ३७%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

    आर्थीकसंसार संवाददाता२९ बैशाख, २०८२
    ७ पटक
    २९ बैशाख, २०८२

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म १ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ३७.१० प्रतिशतले घटेको छ।

    चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको महाविपत्ति कोषमा ३ करोड ५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६२ करोड ३३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २ करोड ४६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४८ करोड ४६ लाख रुपैयाँ रहेको छ।

    समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ५९ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ५३ अर्ब ५४ करोड ९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ११.८५ प्रतिशतले बढेको छ।

    तेस्रो त्रैमाससम्म कम्पनीले ७ अर्ब ७९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १.२८ प्रतिशतले बढेको छ।

    कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.५६ प्रतिशतले बढेको छ।

    प्रतिकृया दिनुहोस्