News Portal

  • एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२८ बैशाख, २०८२
    १८२ पटक
    २८ बैशाख, २०८२

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँबराबरको नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्