News Portal

  • रेमिट्यान्स १० प्रतिशतले बढ्यो, भित्रियो ११ खर्ब ९१ अर्ब

    आर्थीकसंसार संवाददाता२८ बैशाख, २०८२
    ९ पटक
    २८ बैशाख, २०८२

    काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.० प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बै.कले आज प्रकाशन गरेको आर्थिक वर्ष २०८१ /८२ को ९ महिनाको तथ्याङकमा यस्तो देखिएको हो ।

    यस अवधिसम्ममा रेमिट्यान्स भई १० प्रतिशतले बृद्धि भएर रु.११९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११७४ अर्ब ५४ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२ र २,११,२२६ रहेको थियो ।

    प्रतिकृया दिनुहोस्