News Portal

  • ४३.६१ प्रतिशत बढ्यो प्रभु महालक्ष्मीको जीवन बीमा कोष, नाफा २७ करोड ७ लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता२६ बैशाख, २०८२
    १८ पटक
    २६ बैशाख, २०८२

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले २६ करोड ८९ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमा शुल्क १७.८० प्रतिशत बढेर ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब ९६ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

    चैत मसान्तसममा कम्पनीको कुल बीमा शुल्क १६.९२ प्रतिशत बढेर ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

    यस अवधिमा कम्पनीको खुद बीमा दाबी ३ अर्ब ३७ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब २६ करोड रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ८९ करोड रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ६२ करोड रुपैयाँ कुल खर्च गरेको थियो ।

    ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

    कम्पनीको जीवन बीमा कोषको आकार ४३.६१ प्रतिशत बढेर १२ अर्ब ८० करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्