

काठमाडौं । गरिबीरहित नेपालको परिकल्पनासहित ३१ जिल्लामा वित्तीय र सामाजिक सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले रमेश रायलाई ‘जीवन विकास गोल्डेन अवार्ड २०८१’ प्रदान गरेको छ । उनी लघुवित्तको सूचना प्रविधि विभागको प्रमुख हुन् ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक पुरस्कार वितरण समारोहका क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले उनलाई गोल्डेन अवार्ड प्रदान गरे । यसअघि विजयकुमार मण्डल, तुलसादेवी काफ्ले, मैया राई र दिलबहादुर बिकले गोल्डेन अवार्ड प्राप्त गरेका थिए ।
जीवन विकासले २०८०/०८१ सालमा भएको उत्कृष्ट कार्य सम्पादनका आधारमा शाखा कार्यालय कटहरीलाई प्रथम पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट शाखा तर्फको विधामा शाखा कार्यालय रामचोक दोस्रो र शाखा कार्यालय राप्ती तेस्रो भएको छ । तीन वटा शाखालाई सञ्चालक सदस्य श्यामचन्द्र खतिवडा, प्रकाशकुमार श्रेष्ठ र इन्द्रनारायण देव वैश्यले पुरस्कार प्रदान गरे ।
उत्कृष्ट जिल्ला प्रमुख तर्फ झापाको विर्तामोड क्लस्टर प्रमुख मनोजकुमार मण्डलले प्रथम, भोजपुर जिल्ला प्रमुख पप्पुकुमार साहले दोस्रो र सप्तरी कठौना क्लस्टर प्रमुख राजेशकुमार साहले तेस्रो पुरस्कार प्राप्त गरे । उनीहरुलाई सञ्चालक गोकर्ण खतिवडाले पुरस्कार तथा तथा मेडल प्रदान गरे ।
कार्य सम्पादनका आधारमा उत्कृष्ट शाखा प्रमुखतर्फ झापाको भद्रपुर शाखा प्रमुख शर्मिलाकुमारी चौधरीले प्रथम, मोरङको मझारे शाखा प्रमुख अनिलकुमार साहले दोस्रो र सिरहाको सिरहा शाखा प्रमुख जितेन्द्रकुमार यादवले तेस्रो पुरस्कार प्राप्त गरे । उनीहरूलाई सञ्चालक अशोक सिटौलाले मेडल र प्रमाणपत्र प्रदान गरे ।
उत्कृष्ट फिल्ड कर्मचारी तर्फ जेसनकुमार दास प्रथम, अरुणा कार्की दोस्रो र सीमाकुमारी राजवंशीले तेस्रो पुरस्कार प्राप्त गरे । उनीहरूलाई सञ्चालक सदस्य डाक्टर बन्दना कुमारी जैनले मेडल र प्रमाणपत्र प्रदान गरिन् ।
उत्कृष्ट सहयोगी कर्मचारी तर्फ निरजकुमार सिंह प्रथम भए । मुकुन्द सुवेदी दोस्रो र फूलमाया कार्की तेस्रो भइन् । उत्कृष्ट सहयोगी कर्मचारीलाई जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले पुरस्कार प्रदान गरे ।