News Portal

  • विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन राष्ट्र बैंकको सुझाव

    आर्थीकसंसार संवाददाता१६ बैशाख, २०८२
    २५७ पटक
    १६ बैशाख, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन ग्राहकलाई सुझाव दिएको छ।

    केन्द्रीयले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड (एटीएम), क्रेडिट कार्ड, प्रिपेड कार्डजस्ता विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकबाट जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालनसम्बन्धी व्यवस्थामा उल्लेख रहेको सूचनामा जानकारी गराइएको छ।

    त्यसैले विद्युतीय कार्डसम्बन्धी सेवा लिनुपूर्व उपर्युक्त कार्ड लिँदा लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाजस्ता विषयवस्तुबारे आवश्यक जानकारी लिने केन्द्रीय बैंकले सुझाव दिएको छ। ‘यसका साथै क्रेडिट कार्डका सन्दर्भमा सोको प्रयोग गर्दा लाग्ने ब्याजदरलगायतका विषयमा आवश्यक जानकारी लिने गरौँ’, राष्ट्र बैंकले भनेको छ।
    प्रतिकृया दिनुहोस्