News Portal

  • डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा पुगेको छ : नीलम ढुंगाना

    आर्थीकसंसार संवाददाता१४ बैशाख, २०८२
    १७ पटक
    १४ बैशाख, २०८२

    काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुंगानाले डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा रहेको बताएकी छन् ।

    राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएकी हुन् ।

    उनले आन्तरिक माग अपेक्षित बढ्न नसक्दा चुनौती भएको जानकारी दिइन् । उनका अनुसार बाह्य क्षेत्र (अन्तर्राष्ट्रिय)मा देखिएका चुनौतीले थप जटिल बन्ने देखिन्छ ।

    कामु गभर्नर ढुंगानाले मुद्रास्फीति नियन्त्रण, कर्जा विस्तारले लय लिँदै गएकाले यसले अर्थतन्त्र चलायमान हुने बताइन् ।

    यसैगरी, ब्याजदर घट्नु, विप्रेषण आप्रवाहमा भएको वृद्धिले पनि आर्थिक क्षेत्र थप सक्रिय बन्ने उनको भनाइ छ ।

    उनले सेवा तथा पर्यटन क्षेत्रमा देखिएको व्यापकताले पनि गतिविधि बढ्ने अपेक्षा गरिन् ।

    उनले विदेशी मुद्रा सटहीलाई थप प्रभावकारी बनाउन ऐन ल्याइएको पनि बताइन् ।

    प्रतिकृया दिनुहोस्