News Portal

  • कृषि विकास बैंकले सच्चायो वित्तीय विवरण, यी सूचकमा भएको थियो त्रुटि

    आर्थीकसंसार संवाददाता८ बैशाख, २०८२
    २५९ पटक
    ८ बैशाख, २०८२

    काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको वित्तीय विवरणमा भएको त्रुटि सच्चाएको छ।

    बैंकले आज एक सूचना जारी गर्दै वित्तीय सूचकहरु सच्चाएको हो। बैंकले सच्चाएको वित्तीय सूचकमा वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १५.४० रुपैयाँ, प्रतिशेयर खुद मूल्य २२३.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १८.७२ गुणा, प्रतिशेयर कुल सम्पत्ति मूल्य २३७७.४८ रुपैयाँ र तरलता अनुपात ३३.४३ प्रतिशत रहेको छ।

    हिजो आइतबार बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.४७ रुपैयाँ, प्रतिशेयर खुद मूल्य २१७.७३ रुपैयाँ, पीई रेसियो (राखिएको थिएन), प्रतिशेयर कुल सम्पत्ति मूल्य २२७०.२९ रुपैयाँ र तरलता अनुपात ३१.६३ प्रतिशत रहेको छ।

    आज सच्चाइएको सबै सूचक बढेका छन्।

    प्रतिकृया दिनुहोस्